राप्ती गाउँपालिका–८ पिपरीमा दुई महिने हाउस वायरिङ इलेक्ट्रिसियन तालिम सुरु

शुक्रबार, वैशाख ५, २०८२
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

सिसहनिया, ५ वैशाख - दाङको राप्ती गाउँपालिका–८ पिपरीमा दुई महिने हाउस वायरिङ इलेक्ट्रिसियन तालिम शुक्रबारदेखि सुरु भएको छ। राप्ती गाउँपालिका स्तरीय दलित सञ्जालको आयोजनामा तथा गाउँपालिकाको आर्थिक सहयोगमा तालिम सञ्चालनमा ल्याइएको हो।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

सञ्जालका अध्यक्ष ठगेन्द्र परियारको अध्यक्षता तथा गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न तालिम उद्घाटन कार्यक्रममा उपाध्यक्ष चौधरीले युवाहरूलाई स्वदेशमै रोजगारी सिर्जना गर्नका लागि सीपमूलक तालिमहरू प्रदान गरिँदै आएको बताउनुभयो।

उहाँले राप्ती गाउँपालिकाले “राप्तीका युवा र महिला उद्यमशीलता पहिलो कार्यक्रम” सञ्चालन गरेर युवाहरूलाई उद्यमशीलतातर्फ प्रोत्साहित गरिरहेको जानकारी दिनुभयो। साथै, तालिमपछि आवश्यक उपकरणहरू समेत पालिकाबाट हस्तान्तरण गरिने जानकारी दिँदै उहाँले सिकेका सीपमार्फत सहभागीहरूलाई स्वरोजगारमा लाग्न सजिलो हुने विश्वास व्यक्त गर्नुभयो। विगतमा तालिमहरू केवल नाममै सीमित रहेको भन्दै अब सिकेको सीपलाई व्यवहारमा उतारेर व्यावसायिक बन्नुपर्नेमा उहाँले जोड दिनुभयो।

कार्यक्रममा सञ्जालका सल्लाहकार यमलाल कटुवालले गाउँपालिकाबाट दलित समुदायका लागि सञ्चालित कार्यक्रमहरूको चर्चा गर्दै, यस्ता तालिमहरूले युवाहरूलाई व्यवसायमा जोड्न मद्दत पुग्ने बतानुभयाे ।उहाँले देशमा बढ्दो युवा बेरोजगारीप्रति चिन्ता व्यक्त गर्दै त्यसको समाधानका लागि राज्यले प्रभावकारी नीति तथा कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक रहेको धारणा राख्नुभयो।

सुनिल सुन्दासकाे स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन कार्यक्रममा वडा नं. ८ का वडा सदस्य भानु विक, सञ्जालका सल्लाहकार इन्द्रजित गोतामे, प्रशिक्षक नारायण चौधरी लगायतको उपस्थिति रहेको थियो। तालिममा ११ जना युवाहरू सहभागी रहेका छन्।

कार्यक्रमको सहजीकरण सञ्जालका सचिव रामकृष्ण सुन्दासले गर्नुभएको थियो।

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  १८:४०
प्रतिक्रिया दिनुहोस्