घोराही उपमहानगरपालिकाले गर्ने भयाे थारू भाषाको नगर बुलेटिन प्रकाशन

शुक्रबार, वैशाख ५, २०८२
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

दाङ, ५ वैशाख - दाङको घोराही उपमहानगरपालिकाले थारू भाषाको नगर बुलेटिन प्रकाशन गर्ने भएको छ । थारू भाषाको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले थारू भाषामा घोराही नगर बुलेटिन प्रकाशन गर्न लागिएको घोराही उपमहानगरपालिकाका सूचना अधिकारी भीमबहादुर चौधरीले जानकारी दिनुभएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

बुलेटिनमा घोराही उपमहानगरपालिकाको विभिन्न कार्यक्रम तथा गतिविधिलाई समेतेर थारू भाषामै समाचार र आलेखहरू प्रकाशन गर्ने भएको छ । समाजका लागि सञ्चार पैरवी नेपाल, थारू पत्रकार, लौव अग्रासनसँग समन्वय र सहकार्य गरेर यो वर्षदेखि थारू भाषाको नगर बुलेटिन प्रकाशन हुने चौधरीले बताउनुभयो ।

घोराही उपमहानगरपालिकाले यस अघि थारू भाषालाई सरकारी कामकाज भाषा बनाउने निर्णय गरेको थियो । २०७४ को स्थानि तहको निर्वाचनमा घोराहीको नगर प्रमुखमा निर्वाचित भएर आएपछि नगर प्रमुख नरुलाल चौधरीले कार्यपालिकाको दोस्रो बैठकबाट थारू भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गराउनुभएको थियो । साभार :राजमार्ग अनलाइन

 

प्रकाशित मिति: शुक्रबार, वैशाख ५, २०८२  ०७:३५
प्रतिक्रिया दिनुहोस्