अवैध लागूऔषध गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलवाट बिदेशी पक्राउ

बिहीबार, वैशाख ४, २०८२
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

काठमाडौं, ४ बैशाख - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान होल्ड व्यागेज चेकिङ एरियाबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने पदार्थसहित एक बिदेशी पक्राउ परेका छन ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

करिब ५ किलो २ सय ग्रामसहित श्रीलंकन नागरिक ६१ वर्षीय मोहम्मद सलिमलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

श्रीलंकन एयरको उडानद्वारा काठमाडौं हुँदै श्रीलंका जान लागेका उनलाई डिपार्चर होल्ड व्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको लगेजबाट उक्त पदार्थ फेला पारी पक्राउ गरिएको हो ।

उनलाई थप अनुसन्धान एवम् आवश्यक कारवाहीको लागि लागूऔषध नियन्त्रण ब्यूरो कोटेश्वर पठाइएको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  २०:१८
प्रतिक्रिया दिनुहोस्