राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता : पुरुषमा वडा नं. १ र २, महिलामा वडा नं. २ र ४ फाइनलमा

बिहीबार, वैशाख ४, २०८२
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

भालुबाङ, ४ बैशाख - दाङको राप्ती गाउँपालिकामा सञ्चालित अध्यक्ष कप फुटबल प्रतियोगितामा पुरुष तर्फ वडा नं. १ र २ तथा महिला तर्फ वडा नं. २ र ४ फाइनलमा प्रवेश गरेका छन्।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

गाउँपालिकाकाे वडा नं.२, लालमटियास्थित टुडिखेल मैदानमा जारी प्रतियोगिताको दोस्रो दिन बिहीबार भएको सेमिफाइनल खेलमा  पुरुषतर्फ वडा नं. २ ले वडा नं. ५ लाई १–० गाेल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। त्यस्तै, अर्को सेमिफाइनल खेलमा वडा नं. १ ले वडा नं. ३ लाई पनि १–० को झिनो अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको छ।

महिला तर्फ वडा नं. २ ले वडा नं. १ लाई २–० को एकतर्फी नतिजामा पराजित गर्‍यो भने वडा नं. ४ ले वडा नं. ५ सँगको प्रतिस्पर्धा पेनाल्टी सुटआउटमा २–१ ले जित्दै फाइनलमा स्थान पक्का गरेको हो। निर्धारित समयमा दुबै टिमले गोल गर्न नसकेपछि खेल पेनाल्टीमा पुगेको थियो।

पुरुष तर्फ वडा नं. २ र वडा नं. ५ बीचको खेलमा हावाहुरीका कारण केही समय खेल स्थगित भएको थियो।

प्रतियोगिताको दुबै तर्फको फाइनल खेल आगामी शुक्रबार हुने खेल सञ्चालन समितिका संयोजक तथा वडा नं. ३ का अध्यक्ष उमेश अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार विजेता टिमलाई नगद ४०/४० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेताले नगद ३०/३० हजार रुपैयाँका साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै, उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विधागत रूपमा पुरस्कृत गरिने

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १८:४९
प्रतिक्रिया दिनुहोस्