गढवा–कालाकाटे सडक निर्माण तत्काल सुरु गर्न गाउँपालिकाको प्रतिनिधिमण्डल सडक विभागमा

बिहीबार, वैशाख ४, २०८२
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

गढवा,४ वैशाख - दाङकाे गढवा गाउँपालिका क्षेत्रभित्र पर्ने गढवा–कालाकाटे सडक खण्डको निर्माण कार्य तत्काल सुचारु गरिनुपर्ने मागसहित गाउँपालिकाको एक प्रतिनिधिमण्डल सडक विभाग बबरमहल काठमाण्डौ पुगेको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

लामो समयदेखि अवरुद्ध रहेको सो सडकले स्थानीय जनजीवनमा प्रतिकूल असर पारिरहेको जनाउँदै, गाउँपालिकाबाट सम्बन्धित निकायसँग समन्वय गरी निर्माण कार्य छिटो अघि बढाउने उद्देश्यले डेलिगेसन काठमाडौं आएको गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले जानकारी दिनुभयो।

प्रतिनिधिमण्डलले बिहिबार निर्देशनालयका निर्देशक ईन्जिनियर कुवेर नेपालीसँग भेटघाट गरी निर्माण कार्यलाई शीघ्र अघि बढाउन आग्रह गरेको हो। गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको नेतृत्वमा गएको उक्त टोलीमा वडा नं. १ का अध्यक्ष बाबुराम अधिकारी, वडा नं. २ का अध्यक्ष भक्तु चौधरी, वडा नं. ४ का अध्यक्ष हरि भगत चौधरी, वडा नं. ५ का अध्यक्ष लेख बहादुर थापा, र वडा नं. ७ का अध्यक्ष राहुल चौधरी लगायत सहभागी हुनुभएको छ।

प्रकाशित मिति: बिहीबार, वैशाख ४, २०८२  १८:२६
प्रतिक्रिया दिनुहोस्