दाङमा सिकार खेल्न गएको बन्दुकको गोली लागी एक जनाको मृत्यु

शनिबार, फागुन ५, २०८०

दाङ - दाङमा सिकार खेल्न गएको अबस्थामा बन्दुकले लागेर एक सिकारीको मृत्यु भएको छ ।

बंगलाचुली गाउँपालिका

इलाका प्रहरी कार्यालय खितलपुरका प्रहरी निरीक्षक अयजजंग थापाका अनुसार शुक्रबार राति सिकार खेल्न शान्तिनगर १ स्थित बनमा जाने क्रममा मल्ले छहरे खोलामा बन्दुकले लागेर बबई गाउँपालिका ४ स्थित विमल भन्ने २४ बर्षीय तेजलाल खत्रीको मृत्यु भएको हो ।

उनको साथमा ११र१२ जना गएको भन्ने बुझिएको भन्दै उनीहरुको खोजी कार्य जारी रहेको प्रहरी निरीक्षक थापाले बताऐ ।“उनीहरुको साथमा ११÷१२ जना गएको भन्ने बुझिएको छ”,उनले भने “ आफै लागेको हो वा कसैले हानेको भन्ने विषयमा अनुसन्धान गरिरहेका छौं

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १८:२९
प्रतिक्रिया दिनुहोस्