राप्ती अध्यक्ष कप फुटबल प्रतियोगिता: विभिन्न वडाहरू सेमिफाइनलमा

बुधबार, वैशाख ३, २०८२
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

भालुबाङ, ३ बैशाख - दाङको राप्ती गाउँपालिकामा सञ्चालित अध्यक्ष कप फुटबल प्रतियोगितामा पुरुष तथा महिला दुबै तर्फका विभिन्न वडाहरूले सेमिफाइनलमा स्थान सुरक्षित गरेका छन्।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

राप्ती गाउँपालिका–२, लालमटिया स्थित टुडिखेल मैदानमा जारी प्रतियोगितामा पुरुषतर्फ वडा नं. २ ले वडा नं. ८ लाई ५–० को फराकिलो अन्तरले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको छ। त्यस्तै, वडा नं. ५ ले वडा नं. ७ लाई २–१ ले, वडा नं. ३ ले वडा नं. ६ लाई २–० ले तथा वडा नं. १ ले वडा नं. ४ लाई २–० को नतिजामा पराजित गर्दै अन्तिम चारमा स्थान बनाएका छन्।

महिला तर्फ, वडा नं. २ ले वडा नं. ३ लाई ३–० ले तथा वडा नं. १ ले वडा नं. ८ लाई ८–० को एकतर्फी नतिजामा हराउँदै सेमिफाइनलमा प्रवेश गरेका छन्। वडा नं. ४ र वडा नं. ६ बीचको खेलमा वडा नं. ६ का खेलाडी अनुपस्थित रहेकाले वडा नं. ४ वाकओभरमार्फत अगाडि बढेको हो। यस्तै, वडा नं. ५ ले वडा नं. ७ लाई २–० ले हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ।

प्रतियोगिताको दुबै तर्फको सेमिफाइनल खेलहरू बिहीबार (बैशाख ४ गते) तथा फाइनल खेल शुक्रबार (बैशाख ५ गते) हुनेछन्।

प्रतियोगिताका विजेता टिमले नगद ४० हजार रुपैयाँ र उपविजेताले रु ३० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने वडा नं. ३ का अध्यक्ष तथा खेल सञ्चालन समितिका संयोजक उमेश अधिकारीले जानकारी दिनुभयो। उहाँका अनुसार विभिन्न विधागत रूपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

प्रकाशित मिति: बुधबार, वैशाख ३, २०८२  २०:२१
प्रतिक्रिया दिनुहोस्