दाङको बबई स्थित जनज्योति प्राविको भवन निर्माण

शनिबार, फागुन ५, २०८०
बंगलाचुली गाउँपालिका

दाङ - दाङको बबई गाउँपालिका वडा नं.५ स्थित  जनज्योति प्रावि खयरभट्टीको भवन निर्माण भएको छ । अर्थमन्त्री धनबहादुर मास्कीले सोही विद्यालयको बजेट बिनियोजन गरेपछि काम भएको हो । सोही भवनको पलस्तर,रङ रोगन, बायरिङ, भान्सा घर, स्टेज समेत निर्माण गरिएको छ । सोही विद्यालयको भवन निर्माण भएपछि पठनपाठनमा सहज हुने अपेक्षा लिइएको छ । चालु बर्षमा लुम्बिनी प्रदेश सरकारले बजेट बिनियोजन गरिएको हो । पश्चिम दाङमा बिनियोजन भएका हरेक विकास निर्माणका कामहरु अघि बढेका छन् । जसले गर्दा नागरिक खुसी भएका छन् । 

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १८:१४
प्रतिक्रिया दिनुहोस्