सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ, ३१ चैत - दाङको तुलसीपुरमा पाँच वर्षको बालिकालाई जवर्जस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–२ खैरीपुरका ६५ वर्षका टंक बहादुर कवर योगी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
गत चैत २९ गते करिब सवा २ बजेतिर योगीले सोही ठाँउ बस्ने ५ वर्षकी बालिकालाई जवर्जस्ती करणी गरेको भनि बालिकाको आमाले जाहेरी दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक बिनोदराज खत्रीले जानकारी दिनुभयो ।
बालिकाको आमाले आरोपित योगीलाई कानून बमोजिम कारबाही गरी पाऊँ भनि शनिबार साँझ ५ बजेतिर इलाका प्रहरी कार्यालय तुलसीपुरमा जाहेरी दिएपछि योगीलाई पक्राउ गरेको प्रहरी निरीक्षक खत्रीले बताउनुभयो ।
प्रहरीले योगीलाई खोजतलास गर्ने क्रममा शनिबार साँझ करिब ६ बजेतिर आफ्नै घरमा बसिरहेको अवस्थामा पक्राउ गरेको हो । आरोपित योगीलाई हिरासत कक्षमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । साभार : इकापीन्यूज