दाङको तुलसीपुर उपमहानगरले मनायो स्थापना दिवस

आफू जुन पार्टीबाट निर्वाचित भएपनि सबैको भावनालाई समेटेर काम गरेको छु : नगर प्रमुख खड्का
आइतबार, चैत ३१, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

दाङ - दाङको तुलसीपुर उपमहानगरपालिकाले ३३औं स्थापना दिवस मनाएको छ । शनिबार नगर प्रमुख टिकाराम खड्काको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य दीपक गिरीको प्रमुख आथित्यतामा कार्यक्रम भएको हो । त्यस अवसरमा प्रमुख अतिथि गिरीले सबैको विकासको सबैको सहकार्यले आवश्यक पर्ने बताउनुभयाे ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

कार्यक्रममा नगर प्रमुख खड्काले आफू जुन पार्टीबाट निर्वाचित भएपनि सबैको भावनालाई समेटेर काम गरेको बताउनुभयाे । उहाँले सडक, शिक्षा, स्वास्थ्य तथा कृषिमा उल्लेख्य कामहरु भएको बताउनुभयाे ।

कार्यक्रममा संविधान सभा सदस्य बुद्धिराम भण्डारी, भूमि आयोग दाङका अध्यक्ष हुकुम बस्नेत, पूर्व नगर प्रमुख ढुन्डीराज लामिछानेलगायतले तुलसीपुरको समग्र विकासकालागि ख्याल गर्नुपर्ने बताउनुभयाे । स्थापना दिवसका अवसरमा उपमहानगरमा भएको रक्तदान कायक्रममा जनप्रतिनिधि र कर्मचारीसहित २१ जनाले रक्तदान गरेका थिए ।

प्रकाशित मिति: आइतबार, चैत ३१, २०८१  ०८:३३
प्रतिक्रिया दिनुहोस्