कपुरकोटमा वनस्पति दिवसमा विविध कार्यक्रम सम्पन्न

शनिबार, चैत ३०, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

सल्यान, ३० चैत्र - ‘वनस्पतिको सम्भार, सुख र समृद्धिको आधार’ भन्ने नारासहित सल्यानको कपुरकोटमा ६५ औं वार्षिकोत्सव तथा २६ औं वनस्पति दिवस शुक्रबार विविध कार्यक्रमका साथ सम्पन्न गरिएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

वनस्पति कार्यालयका प्रमुख डा. मित्रलाल पाठकको अध्यक्षता तथा कपुरकोट गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारी प्रमुख प्रशासनिक अधिकृत दिनेश पौडेल, साहित्यकार भद्रसिंह बुढा र समाजसेवी विष्णु प्रसाद शर्माले वनस्पति तथा जडीबुटीको महत्वबारे धारणा राख्नुभएको हो ।

कार्यक्रमको अवसरमा मावि स्तरको हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । जसमा नेरा मावि किमुचौर प्रथम, विल्यु डायमण्ड बोर्डिङ स्कूल द्वितीय तथा जीवन ज्योति रिमले तृतीय स्थान हासिल गरेका छन् ।

त्यस्तैगरी खेलकुद अन्तर्गत ब्याडमिन्टन ‘काँकडसिंगे कप’ प्रतियोगिता पनि गरिएको छ । प्रतियोगितामा पुरुषतर्फ सुवास हमाल र भुवन डागी प्रथम, लोक बहादुर बस्नेत र भुवन महतारा द्वितीय, यमराज महतारा र दिनेश थापा तृतीय भएका छन् ।

प्रतियोगितामा विजयी सबैलाई पुरस्कार वितरण गरिएको छ । कार्यक्रममा जैविक विविधतासम्बन्धी समाचार प्रसारण गरेकोमा सरिता चलाउने र खगेन्द्र केसीलाई विशेष सम्मान प्रदान गरिएको छ । साभार - इकापी न्यूज

प्रकाशित मिति: शनिबार, चैत ३०, २०८१  १४:३७
प्रतिक्रिया दिनुहोस्