सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
कमिरेचाैर - बिकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापन केन्द बनेपाका (एच.आर.डि.सी.) डा. नितेश थापाले शारिरीक अपाङ्गता भएका बालबालिकाहरुलाई कहरको जीवन होईन, रहरको जीवन दिनुुपर्ने बताउनुभयो । शारिरीक अपाङ्गता भएका बालबालिकाहरु कहाली लाग्दो दिनचर्या बिताउन बाध्य भईरहेकाले शारिरीक अपाङ्गता भएका बालबालिकाहरुको जीवन रहर लाग्दो बनाउने चाहाना सबैमा हुनुपर्ने उहाँको भनाई थियो । बंगलाचुली गाउँपालिका र बिकलाङ्ग मित्र समूह अपाङ्ग बाल अस्पताल तथा पुनःस्थापन केन्द बनेपाको संयुक्त आयोजनमा १८ वर्षसम्मका बालबालिकाहरुको शारिरीक अपाङ्गता भएका बालबालिकाहरुको दिनचर्या निकै कष्टकर बनिरहेकाले शारिरीक अपाङ्गता भएका बालबालिकाहरु सहज दैनिकी बनाउने उद्देश्यलेका घुम्ती शिविर संचालन गर्दै त्यस्ता बालबालिकाहरुको खोजी गरिरहेको बताउनुभयो ।
बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुन अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि डा. थापाले (एच.आर.डि.सी.) अपाङ्गता भएको पहिचान, उपचार र पुनःस्थापन सहितको सेवा प्रवाह गर्दै आईरहेकाले अपाङ्गता भएका बालबालिकाहरुको घाउमा मलम लगाउने काम खोजी खोजी गरिहेको चर्चा गर्नुभयो । उहाँले भन्नुभयो–‘ हामी खोज्छौं, उपचार पनि गर्छौं , अपाङ्गताको त्यो कष्टकर जीवनलाई सहज बनाउने प्रयत्न गछौं । ’ (एच.आर.डि.सी.) ले आर्थिक अभावका कारण स्वास्थ्योपचार सेवामा बञ्चित रहेका विपन्न वर्ग समुदायको बालबालिकाहरुको पहिचान, उपचार र पुनःस्थापनको सेवा समुदाय स्तरमा विस्तार गर्दै आइरहेको भनाई राख्नुभयो । (एच.आर.डि.सी.) ले विगत ४० वर्षले शारिरीक अपाङ्गता भएको बालबालिकाहरुको सेवामा तलिन हुदै आईरहेको छ । हालसम्म आर्थिक रुपमा विपन्न वर्ग समुदायका करिव एकलाख ५० हजार भन्दा बढि बालबालिकाहरु लाभान्वित भएको जानकारी दिनुभयो । शारिरीक अपाङ्गता भएका १८ वर्ष उमेर समूहसम्मका बालबालिकाहरुको पहिचान गर्ने उद्देश्यले संचालित शिविर उद्घाटन सत्रको समापन गर्दै बंगलाचुली गाउँपालिका अध्यक्ष तुलसीराम पुनले गाउँपालिकाले पालिका हरेक अप्ठेरोको सारथी स्थानीय सरकार बन्दै आइरहेको चर्चा गर्नुभयो । पालिकावासीहरुलाई अनुभूत दिलाउने गरी प्रत्यक्ष नागरिक सेवामा स्थानीय सरकारले लागि रहेको उहाँको भनाई थियो । उहाँले थप्नुभयो–‘ सेवा सहजता र प्रभावकारितामा हाम्रो मुल मर्म हो , जहाँ हामीले नागरिक मैत्री सेवा चाहान्छौं । त्यो विभिन्न शिविर संचालन गरी होस् वा नियमित सेवा प्रवाह गरि होस् । त्यो खालको संरचना , जनशक्ति र सेवा क्रमिक रुपमा थप्दै आइरहेका छौं । नागरिक सेवा स्थानीय सरकारको प्राथामिक्ताको कर्म रहेकाले स्थानीय सरकारले विभिन्न साझेदार संस्थाहरुको समेत हातेमालो गर्दे सेवा थप्दै आइरहेको बताउनुभयो ।
जसका लागि हामीले निशुल्क सेवामा (एच.आर.डि.सी.) कर्णाली प्रदेशका सुपरभाईजर तथा घुम्ति शिविरका व्यवस्थापक होमराज केसीले अस्पतालले विगतका वर्षदेखि नै साझेदार सेवाका रुपमा बंगलाचुलीमा शारिरीक अपाङ्गता भएका बालबालिकाहरुको पहिचान, उपचार र पुनःस्थापन गर्दै आइरहेको जानकारी दिनुभयो । गतवर्ष बंगलाचुली गाउँपालिकामा ५८ जनाको शारिरीक अपङ्गता भएका पहिचान गरिएकोमा २५ जना बालबालिकाहरुको उपचार र पुनःस्थापन गरिएको केसीको भनाई छ । कार्यक्रममा बंगलाचुलीमा गाउँपालिकाको वडा नं. ३ वडाध्यक्ष शोभाराज विश्वकर्मा लगायतले भनाई राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण बंगलाचुली अस्पतालका जनस्वास्थ्य निरिक्षक दामोदर पुलामीले गर्नुभएको थियो ।