विश्वकप लिग–२  मा  नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हरायो

शनिबार, फागुन ५, २०८०

काठमाठौं - आईसीसी क्रिकेट विश्वकप लिग–२ को दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएको छ ।

बंगलाचुली गाउँपालिका

नेदरल्यान्ड्सले दिएको १ सय ३८ रनको सामान्य लक्ष्य नेपालले १५ ओभर २ बलमा मात्र १ विकेट गुमाएर भेटायो । नेपालका आसिफ शेख र अनिल शाहले अर्धशतक बनाए । आसिफ ५४ र अनिल ५७ रनमा नट आउट रहे । यस्तै कुशल भुर्तेल २८ रन बनाएर आउट भए । नेदरल्यान्ड्सका भिभान किङ्माले १ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेदरल्यान्ड्सले ३९ ओभरमा सबै विकेट गुमाएर १ सय ३७ रन बनायो । नेदरल्यान्ड्सका कप्तान स्कट एडवार्ड्सले सबैभन्दा धेरै ३३ रन बनाए । यस्तै बास दी लिडेले २७, सायब्रान्ड एङ्गलब्रेचले २३ रन बनाए । नेपालका कुशल भुर्तेलले ४, ललित राजवंशीले २ तथा सोमपाल कामी र कप्तान रोहित पौडेलले समान १ विकेट लिए ।

अस्ति बिहीवारदेखि शुरु भएको लिगको पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको थियो । नामिबियासँग नेपाल १ सय ३२ रनमा नै अलआउट भएको थियो ।

आईसीसी क्रिकेट विश्व कप लिग–२ अन्तर्गत २०२४ देखि २०२७ सम्मको शृङ्खलामा लिग–२ का शीर्ष ४ वटा टोलीले सिधै विश्व कप छनोट खेल्न पाउनेछन् । पुछारका ४ वटा टोलीले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १४:२६
प्रतिक्रिया दिनुहोस्