सरकार र शिक्षकहरूबिच छलफल सकियाे

बिहीबार, चैत २८, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

 काठमाडौं - सिंहदरबारमा सरकार र शिक्षकहरूबिच भएको छलफल सकिएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

शिक्षामन्त्री विद्या भट्टराईको उपस्थितिमा आन्दोलनरत नेपाल शिक्षक महासंघ र सरकारका प्रतिनिधिबिच छलफल बिहीबार छलफल भएको थियो ।

नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाले आफुहरुले माग राखेको बताउनुभयाे । छलफलमा आज कोही पनि शिक्षक नबोल्ने सहमति भएको थियो । सोही आधारमा मन्त्री तथा आन्दोलनरत शिक्षकहरूले छलफलमा के भएको थियो भन्ने विषयमा कोही पनि बोल्न चाहेनन् ।शिक्षा ऐन माग्दै शिक्षकहरू नौ दिनदेखि काठमाडौँको माइतीघरमा आन्दोलन गर्दै आएका छन् ।

नेपाल शिक्षक महासंघले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई ध्यानाकर्षणपत्र बुझाएको थियो । यसअघि सरकारले शिक्षकहरूलाई पटक-पटक वार्तामा बोलाउँदा पनि वार्तामा गएका थिएनन् । साभार : रातापाटी

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  २१:३९
प्रतिक्रिया दिनुहोस्