सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ - दाङकाे शान्तिनगर गाउँपालिका वडा नंबर ५ रगैचामा नेपाल विद्युत प्राधिकरणको नोलाईट सेवाको कार्यालय सिलन्यास गरिएको छ । मंगलबार कार्यालयको सिलन्यास गरिएको हो । नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख शिवनारायण गोशालीले उक्त कार्यालयको सिलन्यास गर्नु भएको हो । स्थानीय गिरीराज बस्नेतले जग्गा प्रदान गरेपछि सोही ठाउँमा नोलाईट सेवाको भवन निर्माण प्रक्रिया अघि बढाईएको हो ।
४३ लाख छ हजार लागतमा उक्त भवन निर्माण हुँदैन । जहाँबाट शान्तिनगर, दंगीशरण र बबईका ८ हजार बढि सेवा गा्रहीले सेवा लिनेछन् । यस अघि नै सोही ठाउँबाट नोलाईट सेवा सुरु भइसकेको छ । हाल भाडाको भवनबाट उक्त सेवा सुरु भएकाले भवन निर्माण भएपछि आफ्नै भवनबाट सेवा प्रवाह हुने प्रमुख गोशालीले बताउनुभयो । सभार : छहराअनलाइन