नेपाली कांग्रेस महासमिति बैठकमा  पेस हुने चारवटा प्रतिवेदन पारित 

शनिबार, फागुन ५, २०८०

काठमाडौं - नेपाली कांग्रेसको फागुन ७ देखि १० गतेसम्म हुने महासमिति बैठकमा पेस हुने चारवटा प्रतिवेदन केन्द्रीय कार्यसमितिबाट पारित भएको छ ।

बंगलाचुली गाउँपालिका

हिजो र अस्ति बसेको केन्द्रीय समिति बैठकमा उपसभापति पूर्णबहादुर खड्काको नीति, महामन्त्री गगन थापाको साङ्गठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माको राजनीतिक र नेता प्रकाशशरण महतको आर्थिक अवस्था, सम्भावना र भावी दिशा सम्बन्धी प्रतिवेदनहरु संशोधनसहित पारित भएको कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

बैठकले महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रुपमा सहभागी गराउने निर्णय पनि गरेको छ ।

केन्द्रीय समिति बैठकमा नेताहरुले महासमिति बैठकबाट चुनावी गठबन्धनदेखि संविधान संशोधनसम्मको मुद्दामा ठोस नीतिसहितको कार्यदिशा तय गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १२:०७
प्रतिक्रिया दिनुहोस्