राप्ती गाउँपालिकामा वातावरण तथा वन उद्यमसम्बन्धी अभिमुखिकरण गोष्ठी सम्पन्न

बिहीबार, चैत २८, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

मसुरीया २८,चैत - राप्ती गाउँपालिका दाङको आयोजनामा समृद्धिका लागि वन परियोजना अन्तर्गत वातावरण तथा वन उद्यमसम्बन्धी नीति नियमहरूबारे अभिमुखिकरण गोष्ठी बुधबार मसुरीयामा सम्पन्न भएको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

गाउँपालिका अध्यक्ष प्रकाश विष्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अध्यक्ष विष्टले वातावरण संरक्षण र वन उद्यममार्फत स्थानीयस्तरमा रोजगारी सिर्जना गर्दै आर्थिक समृद्धिको बाटो खोल्न सकिने बताउनुभयो। उहाँले नीति निर्माणदेखि कार्यान्वयनसम्म सबै सरोकारवालाको सक्रिय सहभागिता आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।WhatsApp-Image-2025-04-10-at-9.04.14-AM-1744297941.jpeg
गोष्ठीमा डिभिजन वन कार्यालय लमहीका प्रमुख महेन्द्रराज वाग्लेले वातावरण तथा वन उद्यमसम्बन्धी विद्यमान नीति नियमहरूबारे जानकारी गराउँदै तिनको प्रभावकारी कार्यान्वयनको आवश्यकता औंल्याउनुभयो। त्यस्तै, उपेन्द्र अर्यालले विपद् व्यवस्थापन तथा वन डढेलो नियन्त्रणका उपायहरूबारे जानकारी दिनुभयो।WhatsApp-Image-2025-04-10-at-9.04.14-AM(2)-1744297962.jpeg
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष कमलापती चौधरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, विभिन्न वडाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू,राप्ती सब डिभिजन कार्यालय मसुरीयाका प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको सहजीकरण राप्ती गाउँपालिकाका वन प्रविधिक विपिन भुसालले गर्नुभएको थियो।

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  २०:५७
प्रतिक्रिया दिनुहोस्