नाइट क्लबको छाना खस्दा ज्यान गुमाउनेको संख्या १८४ पुग्यो

बिहीबार, चैत २८, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

काठमाडौं, २८ चैत - डोमिनिकन रिपब्लिकको राजधानी सान्टो डोमिङ्गोको एक नाइटक्लबमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १८४ पुगेको छ । 

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

स्थानिय समयअनुसार गत मंगलबार  राति अबेर राति क्लबको छाना खसेको हो ।

देशकी प्रसिद्ध गायिका रुबी पेरेजको लाइभ कन्सर्ट चलिरहेको बेला यो दुर्घटना भएको हो । लाइभ प्रदर्शनको क्रममा अचानक क्लबको छत भत्कियो र धेरै व्यक्तिहरू पुरिएका थिए । देशको आपतकालीन अपरेशन सेन्टरका प्रमुख जुआन म्यानुएल मेन्डेजले विगत २४ घण्टादेखि उद्धार कार्य जारी रहेको तर अहिले बाँच्ने आशा घट्दै गएको बताए । भग्नावशेषबाट शव मात्रै निस्किरहेका छन् ।

तर, हामी कसैलाई पनि भग्नावशेषमुनि रहन दिने छैनौँ र कामलाई निरन्तरता दिनेछौँ । दुर्घटनामा सयौं घाइते भएका छन्, जसलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । दुर्घटनामा परी हालसम्म १ सय ५५ जनालाई भग्नावशेषबाट जिउँदै निकालिएको छ । दुर्घटना हुँदा क्लबमा कति जना थिए भन्नेबारे प्रशासनले अझै स्पष्ट पार्न सकेको छैन । प्रत्यक्षदर्शीका अनुसार क्लबमा ठूलो संख्यामा मानिसहरु उपस्थित थिए ।

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  २०:२९
प्रतिक्रिया दिनुहोस्