सेयर बजार सामान्य अंकले घटयो , कारोबार भने बढयो

बिहीबार, चैत २८, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

काठमाडौं, २८ चैत -  बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

अघिल्लो दिन बुधबार  ९.६६ अंकले बढेको नेप्से परिसूचक साताको अन्तिम कारोबार दिन आज ५.५७ अंकले घटेको हो । जस अनुसार नेप्से परिसुचक र २६७०.७० विन्दुमा पुगेर रोकिएको छ ।

नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बुधबारको तुलनामा वृद्धि भएको तथ्यांकले देखाएको छ ।

यसदिन ३२१ कम्पनिका १ करोड १३ लाख ८४ हजार ७२५ कित्ता सेयर खरिद बिक्री हुदाँ ५ अर्ब ६३ करोड ७९ लाख ८१ हजार २५० रुपैयाँ कारोबार भएको छ । 

जसअनुसार बुधबार ४ अर्ब ४८ करोडको सेयर कारोबार भएकोमा आज ५ अर्ब ६३ करोड बराबरको कारोबार भयो। 

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  २०:२३
प्रतिक्रिया दिनुहोस्