डर्टमन्ड बिरूद्द बार्सिलोनको ४-० को जीत

बिहीबार, चैत २८, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

काठमाडौं, २८ चैत - बोरुसिया डर्टमन्डविरुद्ध स्पेनिस क्लब बार्सिलोनाले ४–० जीत निकालेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय


बुधबार राति घरेलु समर्थकमाझ क्याटालन टोलीलाई जित दिलाउन रोबर्ट लेवान्डोवस्कीले दुई गोल गरेका थिए भने राफिन्हा र लामिन यमलले समान एक गोल थपेका थिए ।

पहिलो हाफमा १–० को अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा ३ गोल थपेर ४–० को बिशाल जीत हासिल गरेको हो ।

सो खेलको २५औँ मिनेटमा राफिन्हाको गोलमा बार्सिलोनाले पहिलो हाफमा नै अग्रता लिएको थियो भने दोस्रो हाफको ४८ र ६६ औँ मिनेटमा रोबर्ट लेवान्डोवस्कीले तथा ७७औँ मिनेटमा यमलले गोल गर्दै घरेलु टिमलाई ४–० को अग्रतामा राखेका हुन ।
 

प्रकाशित मिति: बिहीबार, चैत २८, २०८१  ०६:२३
प्रतिक्रिया दिनुहोस्