विश्वकप लिग–२  मा आज नेपाल र नेदरल्यान्ड्स खेल्दै

शनिबार, फागुन ५, २०८०

काठमाडौँ -  आईसीसी क्रिकेट विश्वकप लिग–२ को दोस्रो खेलमा शनिबार नेपालले नेदरल्याण्ड्ससँग खेल्नेछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान सवा ९ बजे हुने खेलमा नेपाल पहिलो जितको खोजीमा हुनेछ। 

बंगलाचुली गाउँपालिका

नेदरल्याण्डस्विरुद्धको खेलमा अलराउण्डर दीपेन्द्रसिंह ऐरीले खेल्ने सम्भावना छ। पहिलो खेलमा नामिबियासँग ४ विकेटले पराजित भएपछि नेपाललाई आजको खेल जित्नैपर्ने दबाब छ। ​

दुई देशबीच अहिलेसम्म तीन एकदिवसीय खेल भएका छन्,जसमा नेदरल्याण्ड्सले २ तथा नेपालले एक खेल जितेका छन्। 

नेपालले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल नेदरल्याण्ड्ससँग नै सन् २०१८ को अगस्ट १ मा खेलेको थियो । लिग( २ मा ८ देश खेलिरहेका छन्, जसमा नेपालसहित नेदरल्याण्ड्स, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, यूएई र अमेरिका छन्।

आईसीसीका अनुसार लिग(२ मा शिर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनोट हुने छन् भने पछाडि रहेका चार देशले पनि विश्वकपमा छनोट हुने अवसर पाउने छन्।

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  ०९:०२
प्रतिक्रिया दिनुहोस्