नेपाल विद्धान् र ऋषिहरूको देश हो : प्रधानमन्त्री केपी शर्मा ओली

बुधबार, चैत २७, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

अर्घाखाँची - प्रधानमन्त्री केपी शर्मा ओलीले  नेपाल  ज्ञानको भूमि रहेको  बताउनुभयाे । आज अर्घाखाँचीको पाणिनी सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो देशमा गौतम बुद्ध, कपिलमुनी, वेदव्यासजस्ता विद्धानहरू जन्मिएको  प्रसंग निकाल्दै नेपाल धेरै विद्धान् र ऋषिहरूको देश भएको बताउनुभयाे ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

उहाँले पाणिनी ऋषिले व्याकरणमा १४ वटा सूत्र  निर्माण गरेको बताउँदै पछिल्लो समय एआईले पनि ती व्याकरणको सूत्र प्रयोग गरेको बताउनुभयाे । उहाँले पाणिनी ऋषि पाकिस्तानबाट आएको नभई यही जन्मिएका दाबी गर्दै पाणिनीका बुवा यहीँका भएको जिकिर गर्नुभयाे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले परशुरामको बाल्यकालको कथासमेत सुनाउनु भयाे । उहाँले पाणिनीसँगै रुरु र श्रृगेस्वरजस्ता महत्त्वपूर्ण स्थान रहेको बताउँदै अर्घाखाँचीलाई ध्यान, ज्ञान र देवभूमिको रूपमा परिभाषित गर्नुभयाे ।

प्रधानमन्त्री ओलीले पाणिनीको योगदान असाधारण रहेको उल्लेख गर्दै अष्टाध्यायीमार्फत संस्कृत व्याकरणको ३ हजार ९ सय ५९ सूत्र निर्माण गरिएको र ती सूत्र आज आधुनिक प्रविधि, विशेष गरी कृत्रिम बौद्धिकता (एआई)  विकासमा समेत प्रयोग भइरहेको बताउनुभयाे ।  

पाणिनिले मात्र नभई शिव, सिंह ऋषि, पतञ्जलि, र अन्य महर्षिहरूको तप, साधना, योग, आयुर्वेद र ज्ञान साधनाको केन्द्र भएको यस भूमिलाई समुचित प्रचारप्रसार गरी धार्मिक तथा पर्यटकीयस्थलका रूपमा विकास गर्ने जिम्मा सरकारले लिने समेत प्रधानमन्त्रीले स्पष्ट पार्नुभयाे ।

कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, सांसद डा.चन्द्र भण्डारी लगायतले बोल्नु भएकाे थियाे । सम्मेलन बिहीबारसम्म चल्नेछ ।

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  १५:२०
प्रतिक्रिया दिनुहोस्