सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
२७ चैत,दाङ - दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ भाइरल पुलको मुनी बबई नदीमा मोटरबोट सञ्चालनको विषय हिजो आज निकै चर्चामा आउने गरेको छ । सामाजिक सञ्जाल होस्, वा टिकटकमा त्यो मोटरबोटको चर्चा हुन्छ । दिनहुँ मोटरबोट चढ्नेहरु पनि बढिरहेकै छन् । तर, त्यो मोटरबोट कुनै मापदण्ड अनुसार सञ्चालित भने होईन् । अनुमति दिने निकाय तुलसीपुर उपमहानगरपालिका यसको अनविज्ञ छ । पुलमुनी ड्याम बाँधेर मोटरबोट सञ्चालन गरिएको छ । यो विषय सुरक्षासंग पनि जोडिने विषय हो ।
तर, कति सुरक्षित छ, भन्ने कुराको मापदण्ड पूरा भए–नभएको पनि कुनै ठाउँमा उल्लेख छैन । सार्वजनिक स्थानमा अनुमति लिएर चलाउनु पर्ने भएपनि उपमहानगरपालिकाले त्यसको अनुमति समेत नदिएको उपमहानगरपालिकाका पर्यटन प्रबद्र्धन शाखा प्रमुख झरेन्द्र खरेलले बताए ।“हामीकहाँ अनुमतिकालागि कुरा आएको थियो, वडाले जग्गाको सर्जिविन गरेर पठाएपछि मात्रै अनुमति दिने कुरा थियो”,उनले भने“तर, त्यो नआउँदासम्म अनुमति दिइएको थिएन, उहाँहरुले आफ्नो तरिकाले सञ्चालन गर्नुभएछ ।”
एउटा मोटरबोट हाल सञ्चालनमा छ ।अर्को मोटरबोट ल्याउने तयारी समेत रहेको सम्बन्धित ब्यबसायीले बताएका छन् । त्यहाँ बनसंग सम्झौता गरेर त्यो मोटरबोट सञ्चालनमा ल्याएको भन्दै वडाध्यक्ष मानबहादुर रावतले भने बचाउ गरे ।“उहाँहरुले त्यहाँको मोति सामुदायिक बनसंग सम्झौता गरेर सञ्चालनमा ल्याउनु भएको छ”,वडाध्यक्ष रावतले भने“गणेशपुर पार्क पनि बनसंग सम्झौता भएर सञ्चालनमा ल्याएको छ, यहाँ पनि त्यही अनुसार नै सञ्चालनमा ल्याईएको हो ।”
मनोरञ्जन भनेर ५ प्रतिशत उपमहानगरलाई बुझाउने वडाध्यक्ष रावतको भनाई छ । यद्यपी भवितब्यकालागि उद्दार गर्न दक्ष जनशक्ति चाहिन्छ, भने एउटा डुंगा अनिवार्य चाहिन्छ । बीमा पनि गरेको हुनुपर्छ । भइपरि आउने जोखिमलाई ब्यबस्थापन गर्न सक्ने अबस्था भएमा मात्रै नियमन निकायले अनुमति दिनुपर्ने ब्यबस्था भएपनि त्यो गरिएको छैन । स्थानीय युवाहरुले यो विषयमा ब्यापक विरोध गर्ने गरेका छन् । भिमशोरा मल्टिप्रपोज प्रालिले उक्त मोटरबोट सञ्चालनमा ल्याएको हो ।