घोराही उपमहानगरले नागरिकलाई खानेपानीको सुविधा पुराउन मुहान खोज्दै

बुधबार, चैत २७, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

२७ चैत, दाङ- दाङको घोराही उपामहानगरपालिकाले नागरिकलाई सहज खानेपानीको सुविधा पुराउन मुहानको खोजी गरेको छ । घोराही ३ को मसोट गाउँमा खानेपानीको सुविधा पुराउन उपमहानगरले मुहानको खोजी गरेको हो । मसोट देखि करिब ४ किलोमिटर टाढा विकास क्षेत्र बरखोलामा रहेको पानीको मुहानबाट मसोट बेसारेमा पानी ल्याउन उपमहानगरपालिकाले लगानी थालेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

नगर प्रमुख नरुलाल चौधरी, वडा अध्यक्ष रामप्रसाद चौधरी सहित स्थानीयहरुले पानीको मुहान क्षेत्रमा पुग्नुभयो । उक्त खानेपानी आयोजनालाई गाउँ सम्म ल्याउन लगानी र पहल थालिएको नगर प्रमुख चौधरीले बताउनुभएको छ । साभार :खाेजरफ्तार

प्रकाशित मिति: बुधबार, चैत २७, २०८१  ०८:०६
प्रतिक्रिया दिनुहोस्