सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
गढवा - दाङकाे गढवा गाउँपालिका पञ्जीकरण तथा सामाजिक सुरक्षा शाखाद्वारा सामाजिक सुरक्षाका सेवाग्राहीहरूको EFT VERSP MIS सम्बन्धी बैंक वडा सचिव तथा सरोकारवाला बीच अन्तरक्रिया कार्यक्रम सोमबार सम्पन्न भएको छ।
गढवा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक सुरक्षा भत्ता वितरण को सवालमा देखापरेका समस्या समाधान सेवाग्राहीहरूलाई सहज सेवा लगायत वडा सचिवहरुलाई कार्य गर्न क्रममा आइपर्ने कठिनाइहरूको बारेमा छलफल गरी निष्कर्ष निकालिएको हो।
स्थानीय सरकारबाट वितरण हुने सामाजिक सुरक्षा भत्ता लिन आउने सेवाग्राहीलाई पहिलो प्राथमिकतामा राखेर सेवा प्रवाह गर्नुपर्ने गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोखरेलले बैंकहरुलाई आग्रह गर्नुभयो। सेवा प्रवाहलाई प्रभावकारी बनाउन वडा कार्यालयका जनप्रतिनिधि बैंक र सेवाग्राही बीचको त्रिकोणीय समन्वय आवश्यक रहेको अध्यक्ष पोखरेलले बताउनुभयो। सम्बन्धित वडाले वडाको सामाजिक सुरक्षा वितरण गर्ने बैंकले कुन प्रकारको सेवा प्रवाह गरेको छ सेवाग्राहीलाई त्यसतर्फ सम्बन्धित वडा चासोका साथ लाग्नुपर्ने धारणा राख्नुभयो। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीहरूको गुनासो बैंकले अन्य सेवाग्राहीलाई पहिलो प्राथमिकतामा राखेर सेवा प्रवाह गर्ने र सामाजिक सुरक्षा भत्ता लिन आउने सेवाग्राहीलाई केही समय होल्ड गर्ने गरेको जनगुनासो बढेकाले त्यसो नगर्न बैंकहरूलाई आग्रह गर्नुभयो। सरकारले वितरण गर्ने सामाजिक सुरक्षा भत्ता विशेष गरेर वृद्धवृद्धा,एकल महिला, अपाङ्गता भएका व्यक्तिहरुले लिने भएकाले पहिलो प्राथमिकतामा यी सेवाग्राहीहरुलाई सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो।
अन्तरक्रिया कार्यक्रममा बोल्दै सांग्रिला डेभलपमेन्ट बैंक गढवाका शाखा प्रमुख तेजबहादुर नेपालीले सेवाग्राही, स्थानीय सरकार र बैंक बीचको समन्वय बैठकपछि सेवाग्राहीलाई सेवा प्रवाहको बारेमा व्यापक रुपमा जानकारी दिए बैंकमा बिहानैदेखि लाग्ने भिडमा कमी हुने बताउनुभयो। सामाजिक सुरक्षा भत्ता बैंकमा आउने बित्तिकै निकाल्ने ननिकाले पैसा फिर्ता जाने जस्ता भ्रममा सेवाग्राही रहेकाले त्यो भ्रम चिर्न स्थानीय सरकार लाग्नुपर्ने बताउनुभयो।
बैंकले एकदमै अशक्त, बैंक आउनै नसक्ने सेवाग्राहीहरू लाई स्थानीय सरकारले डाटा उपलब्ध गराए आफूहरू घरघरमा पुगेर सेवा प्रवाह गर्न प्रतिबद्ध रहेको प्रमुख नेपालीले बताउनुभयो। सामाजिक सुरक्षा भत्ता वितरण प्रणाली सहज हुनका लागि वास्तविक अशक्त सेवाग्राहीको पहिचानमा कडाई गर्नुपर्ने र सत्य डाटा बैंकलाई बुझाउन अनुरोध समेत गर्नुभयो।
मृत्यु भइसकेका सेवाग्राहीहरूको हकमा भुक्तानी हुन केही समय प्रक्रियागत रूपमा लाग्ने गरेकाले सेवाग्राहीलाई केही दिन धैर्य गर्ने कुरा सूचना प्रवाह गर्न स्थानीय सरकारलाई अनुरोध समेत गर्नुभयो।
अन्तरक्रिया कार्यक्रममा गढवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद पौड्याल, गढवा गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष वीरबहादुर आलेमगर र सचिवहरूको तर्फबाट वडा नम्बर १ का वडा सचिव मधुसुदन पौडेलले विचार राख्नुभएको थियो।
कार्यक्रममा गढवा गाउँपालिका विभिन्न वडाका वडाध्यक्षहरू, बैंकका प्रमुख तथा प्रतिनिधि, विभिन्न वडाका वडा सचिवहरु लगायतको सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण गढवा गाउँपालिका पञ्जीकरण शाखा प्रमुख ऋषिराम यादवले गर्नुभएको थियो।