तुलसीपुरमा भेटिएको प्रेसर कुकर बम ‘डिस्पोज’ गरियाे

आइतबार, चैत २४, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

दाङ - दाङको तुलसीपुर –७ डाँडापातुमा भेटिएको प्रेसर कुकर बमलाई नेपाली सेनाको टोलीले निष्कृय पारेको छ ।  १९ नम्बर बाहिनी अड्डा तुलसीपुरबाट सेनानी रामभक्त आचार्यको कमान्डमा गएको ९ जनाको टोलीले उक्त बमलाई निष्कृय पारेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोदराज खत्रीले जानकारी दिनुभयो । 

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

दिउसो चार बजे भेटिएको प्रेसर कुकर बमलाई सेनाले ६ः४० बजे निष्कृय पारेको हो ।

डिस्पोज गर्दा कुनै क्षति नभएको प्रहरीले जनाएको छ । उक्त शङ्कास्पद बस्तु कसले राखेको र किन राखेको भन्ने नखुलेकोले र थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ । कुनै व्यक्तीले रिसीबीका कारण त्रसाउनका लागि बम भनेर राखेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

तुलसीपुर क्षेत्रमा विभिन्न समयमा आतङ्कित बनाउन यस्ता नक्कली प्रेसर कुकर बमहरू राख्ने गरिएको छ । केही समय अघि तुलसीपुरको मदनआश्रित चोकमा खतरा लेखेर राखिएको स्थानमा झोलामा टालामात्रै भेटिएका थिए । साभार : तुलसीपुर खबर

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  २१:३४
प्रतिक्रिया दिनुहोस्