सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
गढवा - गढवा गाउँपालिका वडा नम्बर ३ गोबरडिया स्थित आदर्श रात्री प्रावि गोबरडियामा एक दिने विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको छ। एक दिनै निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरमा २ सय ९८ जनाले सेवा लिएका छन्। जसमा अधिकांश महिला रहेका छन्। विशेषज्ञ स्वास्थ्य शिविरमा हाड जोर्नी रोग, स्त्री रोग,मधुमेह,पेट तथा छाती रोग,भिडियो एक्सरे सेवा, मानसिक रोग लगायतका विभिन्न रोगहरूको बारेमा विशेषज्ञ सहितको स्वास्थ्य सेवा दिइएको हो। गढवा गाउँपालिका स्वास्थ्य शाखाको आयोजना तथा लुम्बिनी सिटी हस्पिटल एण्ड रिसर्च सेन्टर बुटवलको प्राविधिक सहयोगमा विशेषज्ञ स्वास्थ्य शिविर सम्पन्न भएको हो।
गढवा गाउंपालिकामा एकैपटक धेरै रोगको चेकजाँच र उपचार भएको पहिलो यो पहिलो पटक हो । यसबाट धेरै बिरामी लाभान्वित हुनुभएको छ । निःशुल्क उपचारले अत्यन्त विपन्न समुदायका महिला वृद्धहरु समेत पहिलो पटक उपचारका लागि आएका छन् गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलले बताउनुभयो। स्वास्थ्य सेवाको पहुंचबाट टाढा रहेका नागरिकहरुलाई गाउँघरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले लुम्बिनी सिटि हस्पिटल बुटवलसंग सहकार्य गरी निशुल्क विशेषज्ञ शिविर सञ्चालन गरेको पालिका अध्यक्ष पोख्रेलले जानकारी दिनु भयो। पालिका भित्रका आम नागरिकहरुलाई गुणस्तरिय स्वास्थ्य सेवा दिनुपर्छ भन्ने उद्देश्यले निशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको र भविष्यमा समेत निरन्तरता दिँदै जाने बताउनु भयो । गाउँपालिकाले यसभन्दा पहिले निःशुल्क आँखा शिविर चेकजाँच आठवटै वडामा सम्पन्न गरिसकेको छ भने निशुल्क नाक कान चेकजाँच शिविर समेत सम्पन्न गरिसकेको छ।
शिविर सञ्चालन हुँदा बिरामीले निशुल्क रुपमा विभिन्न रोगहरुको चेकजाँच गराउनुका साथै औषधी समेत वितरण गरिएको छ,विशेष गरी स्त्री रोग, पेट तथा छाती सम्बन्धी र हाड जोर्नीका समस्या भएका विरामीहरु आएर चेकजाँच गरिनुका साथै औषधी लिएर जानु भएको छ, जटिल समस्या देखिएकालाई डाक्टर संग समन्वय गर्न भनेका छौं- गढवा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख कैलाश चौधरीले बताउनुभयो।