दोस्रो घोराही गोल्डकपमा दंगीशरण विरुद्ध गढवाको रोमाञ्चक जीत

आइतबार, चैत २४, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

घोराही, २४ चैत - दोस्रो संस्करणको घोराही गोल्ड कपमा गढवा गाउँपालिकाको टीमले रोमाञ्चक जीत दर्ता गरेको छ । दंगीशरण गाउँपालिकासँग २–० गोलले पछि परेको अवस्थामा गढवा गाउँपालिकाले दोस्रो हाफको अन्तिम समयतिर लगातार दुई गोल गर्दै टाईब्रेकरमा रोमाञ्चक जीत हासिल गर्यो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

घोराही उपमहानगरपालिका खेलकुद विकास समितिले आयोजनामा जारी प्रतियोगिता अन्तरगत आईतबार भएको खेलमा गढवा गाउँपालिकाले दंगीशरण गाउँपालिकालाई टाईब्रेकरमा ४–२ गोल अन्तरले हराउँदै सेमिफाईनल प्रवेश गरेको छ । घोराही १८ नवलपुर फुटबल मैदानमा भएको खेलमा दंगीशरण गाउँपालिकाको टीमले २–० गोलको अग्रता जोगाउन नसक्दा गढवा गाउँपालिकाको टीमले उत्कृष्ट पुनरागमन गर्दै जीत आफ्नो पक्षमा पारेर सेमिफाईनलको यात्रा तय गरेको छ ।

पहिलो हाफमा २ गोल गर्दै जीत नजिक पुगेको दंगीशरणले खेलको अन्तिम समयसम्म संयमता अपनाउन नसक्दा हार व्यहोर्यो । दंगीशरणका लागि पहिलो हाफको २७ औँ मिनेटमा अमृत नेपालीले गोल गर्दै अग्रता बनाएको अवस्थामा ४४औँ मिनेटमा फेरि रमेश गिरीले अर्को गोल थपेपछि गढवा २–० गोलले पछि परेको थियो । पहिलो हाफमा कमजोर खेल प्रदर्शन गरेको गढवाले दोस्रो हाफमा भने निकै सुधारिएको खेल खेल्यो । अधिकांश बल सेन्टर हाफमा खेलेको गढवाले लगातार गोल गर्ने दवाव बनाए पनि नतिजा निकाल्न सकेको थिएन ।

एकपछि अर्को प्रहारलाई दंगीशरणका खेलाडीले विफल बनाउन कोशिस गरे । दोस्रो हाफ रक्षात्मक खेल खेलेको दंगीशरणले ६७औँ मिनेटमा गोल खान पुग्यो । करिब पैतिस यार्ड टाढाबाट गढवाका प्रयास कुमालले गरेको प्रहार दायाँ बार च्याप्दै जाली चम्न पुग्यो । लगत्तै ८५ औँ मिनेटमा गढवाले अर्को सुन्दर गोल गर्यो । सेन्टर मिडबाट स्वीच भएको बललाई गोललाईनमा नियन्त्रणमा लिँदै गोलकिपर अघि बढेको अवस्थामा प्रयास कुमालले आकर्षक गोल गरे । उनको दुई गोलको मद्दतमा गढवाले २–० गोलले पछि परेको अवस्था उल्टाउँदै टाईब्रेकरबाट नतिजा आफ्नो पक्षमा पार्यो ।

टाईब्रेकरमा ४–२ गोलको जीत निकालेको गढवाका लागि गोलकिपर प्रकाश केसीले एक गोल बचाउँदै जतिको आधार तय गरे । दंगीशरणका खेलाडीले प्रहार गरेको बल एउटा गोलपोष्टभन्दा बाहिर गयो भने अर्को गोल रक्षकले रोके । गढवाको चार वटै प्रहार गोलमा परिणत भएको थियो । जीतसँगै गढवाका गोल रक्षक प्रकाश केसी म्यान अफ द म्याच भए । उनले २५ सय नगद प्राप्त गरे ।

यसअघि उदघाटन खेलमा तुलसीपुर उपमहानगरपालिकाले लमही नगरपालिकको टीमलाई १०–३ गोल अन्तरले हराएको थियो । दाङका घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका, लमही नगरपालिका, गढवा गाउँपालिका, राप्ती गाउँपालिका, राजपुर गाउँपालिका, दंगीशरण गाउँपालिका र शान्तिनगर गाउँपालिका गरी ८ वटा पालिका टीमको सहभागीता रहेको दोस्रो घोराही गोल्ड कपले अन्तरपालिका बीच खेल भावनाको विकास गर्न र खेलाडीहरुको क्षमता विकासमा योगदान पुर्याउने लक्ष्य राखिएको छ ।

चैत २७ गतेसम्म चल्ने प्रतियोगितामा प्रथम हुने टीमले नगद १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छ भने दोस्रो हुने टीमले नगद ८० हजारसहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने घोराही नगर खेलकुद विकास समिति संयोजक नरेन्द्र पुनले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा विधागत रुपमा उत्कष्ट हुने खेलाडीलाई पनि ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्