काठमाडौं उपत्यकामा हावाको गुणस्तरमा केही सुधार, तर अझै अस्वस्थ

आइतबार, चैत २४, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

काठमाडौं - अहिले काठमाडौं उपत्यकाको वायु प्रदूषण केही घटेको भए पनि अझै अस्वस्थ अवस्थामै रहेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

बिहान ७ बजे आसपासमा काठमाडौंको हावाको गुणस्तर मापन सूचक एक्यूआई औसतमा २१० भन्दा बढी रहेकोमा अहिले औसतमा १६५ आसपासमा झरेको छ । अहिले उपत्यकामा भक्तपुरको वीरेन्द्र स्कुल नजिक एक्यूआई २०० भन्दा माथि छ । बाँकी ठाउँमा भने २०० भन्दा तल रहेको छ ।

वायु प्रदूषण केही घटेको भए पनि अहिले काठमाण्डौ विश्वका प्रदूषित शहरको सूचीमा भने पहिलो स्थानमै छ । एक्यूआई १५० भन्दा माथि जानुलाई अस्वस्थ र २०० भन्दा माथि जानुलाई अति अस्वस्थ मानिन्छ ।

वायु प्रदूषणका कारण श्वासप्रश्वाससँग सम्बन्धित समस्याहरू धेरै देखिने गरेका छन् । यस्तै दूषित कणहरू फोक्सोबाट रगत हुँदै शरीरका अरू अङ्गमा समेत पुगेर जटिलता ल्याउने डाक्टरहरू बताउँछन् । वायु प्रदूषणले वृद्धवृद्धा, बालबालिका, गर्भवती र सुत्केरीमा धेरै जोखिम हुन्छ । मुटु, मिर्गौला, श्वासप्रश्वासलगायतका दीर्घरोगी पनि उच्च जोखिममा पर्छन् ।

अहिलेको जटिल समयमा सकेसम्म घरभित्र बस्न र निस्कनै पर्दा मास्क लगाउन डाक्टरहरूको सुझाव छ । अहिले विद्यालयमा वार्षिक परीक्षा सकेर बिदा दिइएको छ । यो समयमा बालबालिका घरबाहिर निस्कन सक्ने भएकाले प्रदूषणबाट जोगाउन घरभित्रै राख्नुपर्ने वरिष्ठ बालरोग विशेषज्ञ डा. किरण देवकोटाले बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  १५:३७
प्रतिक्रिया दिनुहोस्