सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
अर्घाखाँची - अर्घाखाँचीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएकाे छ । दुई जना घाइते भएका छन् ।
मालारानी गाउँपालिका–३ लुटीपोखरी–खनदह सडकखण्डमा लु २ च २९९० नम्बरको जीप दुर्घटना हुँदा चालक २२ वर्षीय दिलिप खनाल र २१ वर्षीय बालकृष्ण रिजालको ज्यान गएको ईलाका प्रहरी खनदहका प्रमुख प्रहरी निरीक्षक जगनाथ मरासिनीले जानकारी दिनुभयो ।
आज जीप आज बिहान साढे ३ बजेतिर सडकबाट दुई सय मिटर तल खसेको थियो । दुर्घटनामा गम्भीर घाइते भएका भुवन पाेखरेल र बसन्त पाेखरेललाई थप उपचारका लागि बुटवल पठाइएको प्रहरीले जनाएको छ ।