नेकपा एमाले धादिङको अध्यक्षमा भूमिप्रसाद त्रिपाठी विजयी 

बिहीबार, फागुन ३, २०८०

काठमाडौं  - नेकपा एमाले धादिङको अध्यक्षमा भूमिप्रसाद त्रिपाठी विजयी भएका छन्।

बंगलाचुली गाउँपालिका

त्रिपाठीले ३ सय ९ मत ल्याई विजयी हुँदा उनका प्रतिस्पर्धी डा। रामकुमार अधिकारीले २ सय ३८ मत मात्रै प्राप्त गरे। त्यस्तै उपाध्यक्षमा अर्जुन श्रेष्ठ९गोर्खाली० ले ३ सय १५ ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी रामकुमार आचार्य २ सय ३२ मत ल्याएर पराजित भए।

सचिवमा राधिका सापकोटा ३३८ मत ल्याएर विजयी भइन्। उनका प्रतिद्वन्द्वी हरिराम लोहनीले २ सय ९ मत प्राप्त गरे।

महिला उप सचिवमा उर्मिला रेग्मीले ३ सय ५१ ल्याइ विजयी हुँदा उनका प्रतिस्पर्धी खुपीकुमारी तामाङले १ सय ९६ प्राप्त गरिन्। खुल्ला उपसचिवमा भक्तबहादुर लामिछानेले ३ सय ४८ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी काजी श्रेष्ठले १ सय ९९ मत प्राप्त गरे।

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १७:४५
प्रतिक्रिया दिनुहोस्