घोराही १७ मा मनोविमर्श सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

शनिबार, चैत १६, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

घोराही, १६ चैत - दाङको घोराही उपमहानगरपालिका वडा न. १७ मा मनोविमर्श सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

नपाल महिला सामुदायिक सेवा केन्द्र दाङको आयोजना र घोराही उपमहानगरपालिका वडा न. १७ को सहयोगमा मनोविमर्श सम्बन्धी सचेतना कार्यक्रम भएको हो ।

वडामा रहेका टोल विकास संस्थाका नेतृत्वकर्ता, राजनितिक दलका प्रमुख, सुरक्षाकर्मी, विभिन्न सामाजिक संघसंस्थाका नेतृत्वकर्ताहरु, जनप्रतिनिधी, कर्मचारीहरुको उपस्थितिमा मनोविमर्श सम्बन्धी सचेतना प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै वडा अध्यक्ष रामलौटन चौधरीले पछिल्लो समयमा मानसिक समस्याका घटनाहरु बढ्दै गएकाले वडाबासीहरुलाई मानसिक समस्या, मनोसामाजिक समस्याको बारेमा सचेतना प्रदान गर्ने उद्धेश्यले वडाले कार्यक्रमका लागि योजना तयार गरेको बताउनुभयो ।

उहाँले वडाले विभिन्न लक्षित कार्यक्रमहरु सञ्चालन भएको बताउनुभयो । जेष्ठ नागरिक लक्षित कार्यक्रम, महिला दिवश, लागु औषध विरुद्धको सचेतना कार्यक्रम, माघी मिलन कार्यक्रम, तीज मिलन कार्यक्रम, टोल विकास संस्थाका पदाधिकारीहरुलाई पैशिक्षण कार्यक्रम, खेलकुद कार्यक्रमहरु सञ्चालन गरिरहेको बताउनुभयो ।

कार्यक्रममा नेपाल महिला सामुदायिक सेवा केन्द्रका वरिष्ठ मनोविमर्शकर्ता लक्ष्मी ढकाल र मनोविमर्शकर्ता निर्मला चौधरीले मनोविमर्श सम्बन्धी प्रशिक्षण दिनुभएको थियो ।
जसमा मनोविमर्श भनेको के हो, मनोसामाजिक समस्या भनेको के हो, मनोसामाजिक समस्या हुनुका कारणहरु, मनोसामाजिक समस्याका लक्षणहरु, समाधानका उपायहरु लगायतका विषयमा प्रशिक्षण दिईएको थियो ।1743236642232-1743254212.jpg
नेपाल महिला सामुदायिक सेवा केन्द्रका सुचना अधिकारी आर.के.शीतलको अध्यक्षता एवं वडअध्यक्ष रामलौटन चौधरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेकपा एमालेका प्रतिनिधी लक्ष्मणप्रसाद रिजाल, राष्ट्रिय जनमोर्चाका प्रतिनिधी मणिराम खनाल, सहभागीहरु रोमन चौधरी, दिलबहादुर रावत, स्थानेश्वर सुवेदी, मीरा वली र माधवा शर्माले कार्यक्रमबारे आफ्नो भनाई राख्नुभएको थियो । कार्यक्रममा ६० जना बढिको सहभागिता रहेको थियो ।1743236642226-1743254269.jpg
 

 

प्रकाशित मिति: शनिबार, चैत १६, २०८१  १९:०३
प्रतिक्रिया दिनुहोस्