दाङमा विद्युतको पोलमा बाँधेर महिलालाई कुटपिट

शुक्रबार, चैत १५, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

दाङ, १४ चैत - दाङमा विद्युतको पोलमा बाँधेर एक महिलालाई कुटपिट गरिएको छ । ९ चैतमा घोराही उपमहानगरपालिका वडा नं. १० जलौरा निवासी शिला चौधरी माथि कुटपिट भएको थियो । घोराही उपमहानगरपालिका वडा नं.११ चाघुका गोपाल चौधरीसहित उनका आफन्तले शिला माथि कुटपिट गरेका थिए ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

सुरुमा घर भित्र कुटपिट गरे भने पछि विद्युतको पोलमा समेत बाँधेर कुटपिट गरे । कुटपिट गर्दा शिला अचेत अबस्थामा देखिन्छिन्, भने वरिपरिका मान्छेहरु भिडियो खिचिरहेका छन् । ९ गते यसरी कुटपिट भएपछि १० गते भने स्थानीयहरुसहित नारायणपुर स्थित प्रहरी कार्यालयमा पुगेर ६१ हजार रुपैँया दिएर मिलापत्र गरे। मिलापत्र पछि घटना सामसुम भएको थियो । तर, यो घटना एकाएक विहीबार सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।

कुटपिट गरेको भिडियो सार्वजनिक भएसंगै विहीबार नै जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी परेपछि कुटपिट गर्ने तीन जना महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख तथा प्रहरी उपरीक्षक अर्जुन तिमिल्सिनाले बताए ।“बीचमा घटना मिलापत्र भएको रहेछ, हामीकहाँ त यो केश आएन”,उनले भने“माइती तिरकाले थाहा पाएपछि घटना बाहिर आएछ, आज केश पनि हामीकहाँ दर्ता भएको छ ।”

मिलापत्र गर्दा दिइएको ६१ हजार रुपैँया फिर्ता गरेर अहिले उजुरी दर्ता गरेर अनुसन्धान अघि बढाईएको छ । पीडित महिला अहिले माइती घरमा छन् ।

कसरी भयो घटना ?
शिला चाघु स्थित एउटा तरकारी फर्ममा काम गर्थिन । त्यही क्रममा स्थानीय गाोपालसंग चिनजान थियो । त्यही क्रममा ९ चैत शनिबार साँझ ९ बजेतिर गणेशकै घरमा शिला गइन । स्रोतका अनुसार“गणेश र शिलाबीच कुरा भएरै शिला घर गएकी थिइँन ।”

त्यसपछि घरका अन्य मान्छेले शिला घर भित्र गएको थाहा पाएपछि कुटपिट गर्न थाले । गणेशकी श्रीमतिसहित अरु आफन्तले पनि कुटपिट गरे । लामो समय कुटपिट गर्दा उनी अचेत अबस्थामा थिइन् । साभार : लाइभ दाङ

प्रकाशित मिति: शुक्रबार, चैत १५, २०८१  ०६:५९
प्रतिक्रिया दिनुहोस्