कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु ४० जान घाइते

बिहीबार, फागुन ३, २०८०

कपिलवस्तु - कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरही पुलनजिकै बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । ४० जना घाइते भएका छन् ।

बंगलाचुली गाउँपालिका

कञ्चनपुरको महेन्द्रनगरबाट काठमाण्डौका लागि छुटेको  सुनौलो महाकाली  यातायातको सुदूरपश्चिम प्रदेश–०२–००१ ख ००९८ नम्बरको बस सडकबाट तल खसेको हो ।

मृतकहरूको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवरत्न पौडेलले जानकारी दिनुभयो । 

घाइतेमध्ये ९ जनालाई उपचारका लागि बुटवल रिफर गरिएको  छ । अन्य घाइतेको सञ्जीवनी र आधारभूत अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते ११ जना भने सामान्य उपचारपछि अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । 

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  ०७:३८
प्रतिक्रिया दिनुहोस्