आज सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

आइतबार, चैत ३, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

काठमाडौं - साताकाे पहिलाे दिन  नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

आज  सुनको मूल्य प्रति तोला ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७४ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार सुन एक लाख ७४ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी आज चाँदीको मूल्य पनि सामान्य घटेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले घटेको हो । महासंघका अनुसार आज चाँदी २ हजार ४५ रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १६:२२
प्रतिक्रिया दिनुहोस्