सोसल मिडिया
हाम्रो बारेमा
गोपनीयता नीति
Contact Us
युनिकोड
दाङ - दाङको तुलसीपुरमा ट्याक्टरको ठक्करबाट मृत्यु भएकी बालिकाको शव अझै घटनास्थलमै रहेको छ । तुलसीपुर–९ को गौरीशंकर टोलदेखी भित्री सडकखण्डअन्र्तगत अटो भिलेजतर्फ जादै गरेको रा १ त ३२३९ नम्बरको ट्याक्टरले आज दिउँसो सवा २ बजेको समयमा अटो भिलेज नजिकै ठक्कर दिदा सल्यानको छत्रेश्वरी–२ घर भई अहिले तुलसीपुर–९ गौरीशंकर टोलस्थित अण्टीको कोठामा बसेर पढ्दै आएकी ९ बर्षीया दिपशिखा वलीको घटनास्थलमै मृत्यु भएको थियो ।
बालिकाको मृत्यु पछी आक्रोसित भएका आफन्तहरुले दोसीलाई कडा कारवाहीको माग गर्दै अझै शव उठाउन नदिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका इन्स्पेक्टर बिनोदराज खत्रीले जानकारी दिनुभयो । अहिले आफु घटनास्थलमै रहेको बताउदै इन्स्पेक्टर खत्रीले पिडित पक्षसँग शव उठाउने बिषयमा सहमती हुन नसकेको बताउनुभयो । आफन्तसँग समन्वय गरेर शव अस्पतालमा ल्याउने प्रयास भइरहेको उहाँले बताउनुभयो । ट्याक्टर चालक फरार रहेको र साहुलाई पक्राउ गरी चालकको खोजी गरिरहेको प्रहरीले जनाएको छ । साभार : तुलसीपुर