शिक्षक सेवा आयोगद्वारा निमावि शिक्षकको विज्ञापन खुल्यो

बुधबार, फागुन २, २०८०

काठमाडौं - शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदको प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको छ । आयोगले सामुदायिक विद्यालयको निम्न माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्तिका लागि विज्ञापन गरेको हो ।  आयोगले निम्न माध्यामिक तह, तृतीय श्रेणी शिक्षक पदको लागि सात सय ७८ जनाको  रिक्त पदमा विज्ञापन खुलाएको छ । आयोगले विषयगत लिखित परीक्षा (सामान्य) आगामी २०८१ वैशाख ८ गते सञ्चालन गर्ने भएको छ भने विषयगत परीक्षा सामान्यको नतिजा सार्वजनिक गरेपछिमात्र गर्ने सूचनामाउल्लेख गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

 आयोगले नेपाली विषयको लागि ११७  रिक्त पदमा, अंग्रेजी विषयको लागि १७६ रिक्त पदमा, गणित विषयको लागि १२८ रिक्त पदमा, विज्ञान विषयको लागि १६३  रिक्त पदमा देशभरबाट आवेदन माग गरेको छ ।

त्यस्तैगरी सामाजिक विषयमा १२२  जना शिक्षक, गणित रविज्ञानमा ६५ जना शिक्षक, शुक्लयजुर्वेद विषयका लागि १ जना, संस्कृत भाषाको लागि ५ जना,  र  कम्प्युटर विज्ञान विषयका एक जना रिक्त दरबन्दीमा शिक्षक माग गरेको छ ।

न्यूनतम योग्यता पुगेका इच्छुक उम्मेदवारबाट फागुन ०२ गतेदेखि २०८० साल चैत १ गतेसम्म २८  नियमित दस्तुरमा र चैत ८ गतेसम्म दोब्बर दस्तुरमा आवेदन दिन सक्ने सूचनामा उल्लेख  गरिएको छ।

कुन प्रदेशमा कुन विषयको कति विज्ञापन खुल्यो हेर्नका लागि तलको लिंक खोल्नुहोला ।

 

 

 

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  २२:२३
प्रतिक्रिया दिनुहोस्