सिमकोट–सुर्खेत परीक्षण उडान बिहीबार हुने

बुधबार, फागुन २, २०८०

हुम्ला - लामो प्रयासपछि सरकारी स्वामित्वको एयरलाइन्स नेपाल एयरलाइन्सले बिहीबार कर्णाली प्रदेशको राजधानीको सुर्खेत विमानस्थलमा हिमाली जिल्ला हुम्लाको सिमकोट विमानस्थलबाट पहिलो पटक परीक्षण उडान भर्ने भएको छ । कर्णालीका चार जिल्ला मध्य हुम्ला जिल्लाबाट सुर्खेतका लागि परीक्षण उडान भर्न लागेको हो । 

बंगलाचुली गाउँपालिका

नेपाल एयरलाइन्स सिमकोट बिमान स्थलका कर्मचारी बलराज हमालले नेपालगन्जबाट सिमकोटका लागि उडान भरेको नेपाल एयरलाइन्सको जहाजले बिहीबार सिमकोटबाट सुर्खेतका लागि परीक्षण उडान भर्न लागेको बताउनुभयो । उहाँले यो कर्णाली प्रदेशमा नेपाल एयरलाइन्सले कर्णालीदेखि कर्णाली कै जिल्लामा पहिलो पटक उडान भर्न लागेको बताउनुभयो । यसका लागि सबै तयारी भएको छ । नेपाल एयरलाइन्सको जहाजले नेपालगन्जबाट सिमकोटका लागि यात्रु बोकेर जाने छ भने सिमकोटबाट सुर्खेतका लागि यात्रु बोकेर जहाज सुर्खेत विमानस्थलमा अवतरण गर्नेछ । 

परीक्षण उडान पछि भने नेपाल एयरलाइन्सले सुर्खेतबाटै कर्णालीका हिमाली जिल्लाहरू हुम्ला, जुम्ला, मुगु र डोल्पाका लागि उडान भर्नेछ । यसका लागि कर्णाली प्रदेश सरकार र नेपाल एयरलाइन्सबिच केही समय अगाडीदेखि समन्वय हुँदै आएको थियो । 

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  २०:५०
प्रतिक्रिया दिनुहोस्