सिकलसेल औषधीलाई ‘सुबिधा थैली’मा समेट्न सहरी विकासमन्त्री कृष्णा केसीको आग्रह

बुधबार, फागुन २, २०८०

बाँके - लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसी ‘नमुना’ ले सिकलसेल एनिमिया र थालेसिमिया रोगको निदान र उपचारलाई स्वास्थ्य बीमामा समावेश गर्न अनुरोध गर्नुभएको छ ।

बंगलाचुली गाउँपालिका

बाँके निर्वाचन क्षेत्र नं। १ ९१० बाट निर्वाचित मन्त्री केसीले बुधवार स्वास्थ्य बीमा वोर्ड काठमाडौं पुगेर वोर्डका कार्यकारी निर्देशक डा। दामोदर बसौलामार्फत् यस्तो अनुरोध गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।

वोर्डका कार्यकारी निर्देशक डा। बसौलासमक्ष मन्त्री केसीले हजारौं सिकलसेल एनिमिया र थालेसिमियाका बिरामीको निदान र उपचार स्वास्थ्य बीमाको सुबिधा थैलीमा समावेश नगरिदा यस रोगका बिरामीले औषधी खरिद गर्नुपर्ने भएको भन्दै स्वास्थ्य बीमाले प्रदान गर्ने निःशुल्क औषधीको सुबिधा थैलीमा सूचिकृत गर्न अनुरोध गर्नुभयो । 

सिकलसेल र थालेसिमिया रोगको निदान र उपचारका लागि सरकारले स्वास्थ्य बीमामा समेटे पनि बीमा गरेका यस रोगका बिरामीले निःशुल्क औषधी प्राप्त गर्न सकेका छैनन् । सिकलसेल र थालेसिमिया रोग लागिसकेपछि यसका रोगी विरामीले दीर्घकालीन रुपमा औषधी खानुपर्ने र औषधीसमेत अत्यन्तै महङ्गो हुनेहुँदा स्वास्थ्य बीमा वोर्डलाई निःशुल्क औषधीको सुबिधामा समेट्न आफूले अनुरोध गरेको मन्त्री केसीले बताउनुभयो ।

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  २०:४०
प्रतिक्रिया दिनुहोस्