सप्तरीमा गोरु काटेको आरोपमा तीन जना पक्राउ

बुधबार, फागुन २, २०८०

सप्तरी - सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका ८ बाट गोरु काटेको आरोपमा तीन जना पक्राउ परेका छन् । प्रक्राउ पर्नेमा जिल्लाको हनुमाननगर कङ्कालिनी न।पा। वडा १३ का ४० वर्षीय जप्रुल मन्सुरी, ३५ वर्षीय कैयुजुम मन्सुरी र २५ वर्षीय मो।सम्साद छन् ।

बंगलाचुली गाउँपालिका

स्थानीयवासी तेज नारायण सिपलिया यादवको गोरु हराएपछि खोजतलासको क्रममा गोरु काटेर खाएको स्वीकार गरेपछि तीनै जनालाई स्थानीयको सहयोगमा पक्राउ गरी प्रहरीको जिम्मा लगाएको वडा नम्बर ८ का वडाध्यक्ष अजय यादवले बताउनुभयो । यस सम्बन्धमा सप्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गजुसिद्धि बज्राचार्यका अनुसार पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय हनुमाननगरको हिरासतमा राखी अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो । यस्तै, गोरु काटेको भन्ने विषयमा थप अनुसन्धान भइरहेको उहाँको भनाइ छ । 

वडाध्यक्ष यादवका अनुसार पक्राउ परेका ती नैजना यसअघि पनि चौपाया चोरी गर्ने र बेपत्ता पार्ने घटनामा संलग्न रहदै आएकोे जानकारी दिनुभयो । गाई, गोरु,भैँसी, खसीलगायतका चौपाया चोरेर काटेर खाने तथा जिउँदै बेचबिखन गर्ने कार्यमा आरोपीहरु संलग्न रहने गरेको वडाध्यक्ष यादवले सञ्चारीकर्मीलाई बताउनुभयो  ।

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १९:२५
प्रतिक्रिया दिनुहोस्