जापान चन्द्रमामा पुग्यो 

आइतबार, माघ ७, २०८०

 

बंगलाचुली गाउँपालिका

काठमाडौं जापानको  यान  चन्द्रमामा  सफलतापूर्वक  अवतरण गरेको छ । । इक्वेटर’ पनि भनिने सो यान चन्द्रमाको मध्यरेखानजिकै नियन्त्रित रूपमा अवतरण गरेको हो ।

यो  सफलतासँगै  एसियाली  मुलुक  जापान  चन्द्रमामा नियन्त्रित रूपमा अवतरण गर्न सफल पाँचौँ देश बनेको छ । यसअघि अमेरिका, तत्कालीन सोभियत सङ्घ, चीन र भारत चन्द्रमामा पुगिसकेका छन् । जापानको यान चन्द्रमा पुगे पनि त्यसको सौर्य ऊर्जा प्रणालीमा समस्या देखिएकाले यो मिसनले  लामो  समय  काम  गर्न  कठिन  हुने  देखिएको  छ  ।  यद्यपि  इन्जिनियरहरू  उक्त  मिसनलाई जोगाउन लागिपरेका छन् ।

उनीहरूका  अनुसार  चन्द्रमामा  प्रकाशको  दिशा परिवर्तन हुँदा स्लिम पुनः सव्रिmय हुन सक्ने सम्भावना रहन सक्छ । स्लिम अवतरण भएपछि त्यसबाट दुई साना रोभर निस्किएका थिए, जसले पृथ्वीतर्फ डेटा पठाउन थालेको जापानी अन्तरिक्ष निकायले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  ०९:३६
प्रतिक्रिया दिनुहोस्