२०८१ सालमा ३४ दिन सार्वजनिक बिदा (विस्तृत विवरणसहित)

बुधबार, फागुन २, २०८०

काठमाडौं - नेपाल सरकारले आगामी २०८१ सालका लागि सार्वजनिक बिदाको विवरण सार्वजनिक गरेको छ । २०८१ वैशाख १ देखि चैत मसान्तसम्म दिइने बिदाको विवरण नेपाल राजपत्रमा  प्रकाशन भएसँगै गृह मन्त्रालयले  विभिन्न सार्वजनिक बिदा, पर्व बिदा र विभिन्न दिवसको मिति सार्वजनिक गरेको छ । 

गृह मन्त्रालयले वर्षभरि हुने ५३ शनिबारबाहेक अन्य सार्वजनिक बिदाको सूची प्रकाशित गरेको छ । आगामी २०८१ साल मुलुकभर दिइने सार्वजनिक बिदामा वैशाख १ गते नयाँ वर्ष, वैशाख ५ गते रामनवमी, वैशाख १९ गते विश्व मजदुर दिवस, जेठ १० गते बुद्ध पूर्णिमाको दिन सार्वजनिक बिदा घोषणा गरिएको छ । जेठ १५ गते गणतन्त्र दिवसको बिदा दिइएको छ । 

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १६:३०
प्रतिक्रिया दिनुहोस्