अमेरिकाबाट डिपोर्ट भएकाहरुले नेपाल प्रहरीलाई दिए यस्तो बयान

बुधबार, फागुन २१, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

काठमाडौँ - नेपाल प्रहरीले सोअमेरिकाको निष्कासनमा परेर नेपाल फर्काइएका नेपालीहरूसँग सोधपुछ  धपुछ गरेको छ। नेपाल फर्काइएपछि प्रहरीको मानव बेचबिखन अनुसन्धान व्युरो पुराइएका उनीहरूलाई सोधपुछ गरिएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

अमेरिका गएको प्रक्रियाका विषयमा उनीहरूसँग बुझ्ने काम भएको व्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले जानकारी दिए । प्रारम्भिक सोधपुछका क्रममा केहि नेपालीहरू ब्राजिल हुँदै अमेरिका पुगेको र सो क्रममा अध्यागमन कानुन उलङ्घन गरेर फर्काइएको पाइएको उहाँले बताउनुभयाे ।

त्यस्तैगरी उनीहरुले बयानको क्रममा अमेरिका पठाउनेमाथि मुद्दा दर्ता गर्न इच्छा नदेखाएको प्रवक्ता कुँवरले जानकारी दिनुभयाे ।

बुधबार अमेरिकाबाट चार्टर विमानमार्फत ८ जना र कतार हुँदै १ जनालाई नेपाल फर्काइएको हो । सोधपुछ सकिएपछि उनीहरूलाई परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, फागुन २१, २०८१  १६:१३
प्रतिक्रिया दिनुहोस्