आज सुनचाँदीको मूल्य घट्यो

बुधबार, फागुन २, २०८०

काठमाडौं  - आज सुनको मुल्य तोलामा एक हजार दुइ सय रुपैयाँले घटेको छ । हिजो तोलाको १ लाख १७ हजार सात सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज तोलामा एक हजार दुइ सय रुपैयाँले घटेर १ लाख १६ हजार ५ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।

आज चाँदीको मुल्य पनि घटेको छ ।  तोलामा  ३० रुपैयाँ घटेर चाँदी आज १३ सय ६५ रुपैयाँ कारोबार भइरहेको  महासङ्घले जानकारी दिएको छ । 

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १५:५३
प्रतिक्रिया दिनुहोस्