सुनको मूल्य तोलामा एक हजार चार सय रुपैयाँ बढ्याे

मंगलबार, फागुन २०, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला एक हजार चार सय  रुपैयाँ र चाँदी प्रतितोला २५ रुपैयाँले बढेको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

सोमबार प्रतितोला एक लाख ६८ हजार एक सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर प्रतितोला एक लाख ६९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएकाे छ ।


त्यसैगरी आज चाँदी प्रतितोला एक हजार नौ सय ४० रुपैयाँमा किनबेच हुने महासङ्घले जानकारी दिएकाे छ ।
 अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस दुई हजार आठ सय ९२ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २०, २०८१  १२:१३
प्रतिक्रिया दिनुहोस्