एसीसी महिला प्रिमियर कप क्रिकेटमा कुवेतलाई हराउँदै नेपाल सेमिफाइनलमा

बुधबार, फागुन २, २०८०

काठमाडौं  - कुवेतलाई हराउँदै नेपाल एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा पुगेको छ ।

बंगलाचुली गाउँपालिका

मलेसियाको क्वालालम्पुरमा आज भएको क्वाटरफाइनलमा कुवेतलाई डकवर्थ–लुइस नियम ९डीएलएस० का आधारमा ८ विकेटले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको हो । वर्षाले प्रभावित खेलमा नेपालले १२ ओभरमा ५० रनको लक्ष्य पाएको थियो । नेपालले ६ ओभर ५ बलमा २ विकेट गुमाएर लक्ष्य भेटायो । नेपालकी कप्तान इन्दु बर्माले नट आउट २२ रन बनाइन् । कुवेतकी मारयम ओमरले १ विकेट लिइन् ।

यसअघि टस जितेर ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाएर ७३ रन बनायो । कुवेतकी प्रियदा मुरलीले २९ रन बनाइन् । नेपालकी सीता राना मगरले ह्याट्रिक गरिन् । यस्तै कविता कुँवर र रुबिना क्षेत्रीले समान २ विकेट लिइन् ।

अब नेपालले सेमिफाइनलमा मलेसियासँग खेल्नेछ । फाइनल पुग्ने टोलीले एसिया कप खेल्नेछन् ।

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  १५:३७
प्रतिक्रिया दिनुहोस्