श्रीमतीको हत्या गरेकाे आरोपमा श्रीमान पक्राउ

सोमबार, फागुन १९, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

सिन्धुली - दुधौली नगरपालिका–९ की १७ वर्षीया अनिसा सदाको हत्या गर्ने मृतककी श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । गए राति अनिसाको हत्या गरेको आरोपमा उनका श्रीमान दुधौली नगरपालिका–८ कछुवाखाडीका २२ वर्षीय दिनेश सदालाई प्रहरीले आज पक्राउ गरेको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार दिनेशले गए राति घरछेउको भान्सामा घाँटी थिचेर श्रीमती अनिसाको हत्या गरेका हुन् ।

सो घटनाबारे आज  बिहान ७ बजे स्थानीयले प्रहरीलाई जानकारी गराएपछि प्रहरी चौकी दुधौली र इलाका प्रहरी कार्यालय डकाहाबाट घटनास्थलमा गएको संयुक्त टोलीले अभियुक्त दिनेशलाई निजको घरबाट पक्राउ गरेको हो ।

घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा आपसी मनमुटावका कारण श्रीमतीको घाँटी थिचेर हत्या गरेको देखिएको र दिनेशले श्रीमतीको हत्या गरेको भनी स्वीकारेको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिनुभयाे ।

श्रीमतीको हत्या गरेको आरोप लागेका दिनेशलाई इलाका प्रहरी कार्यालय डकाहाको नियन्त्रणमा राखेर अहिले अनुसन्धानको काम भइरहेको छ ।

घटनास्थलबाट मुचुल्का तयार गरी ‘पोष्टमार्टम’का लागि शव स्थानीय नगरअस्पताल सिर्थौलीमा लगिएको प्रहरीले जनाएको छ । करिब १० महिनाअघि दुधौली नगरपालिका–९ लालपुरकी अनिसासँग दिनेशले प्रेम विवाह गरेका थिए ।

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  १५:४२
प्रतिक्रिया दिनुहोस्