राप्ती गाउँपालिका वडा नं. ६ द्वारा निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन

सोमबार, फागुन १९, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

सिसहनियाँ - दाङको राप्ती गाउँपालिका वडा नं. ६ ले युवाहरूलाई स्वदेशमै रोजगारसँग जोड्ने तथा बढ्दो शैक्षिक बेरोजगारी न्यूनीकरण गर्ने उद्देश्यले नि:शुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गरेको छ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

एक महिनासम्म सञ्चालित तयारी कक्षामा २३ जना विद्यार्थीको सहभागिता रहेको थियो।

आइतबार एक औपचारिक कार्यक्रमका बीच तयारी कक्षाको समापन गरिएको छ।

समापन कार्यक्रममा बाेल्दै राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शिक्षित बेरोजगार युवाहरूलाई सरकारी सेवातर्फ आकर्षित गर्न वडा कार्यालयले चालेको कदम प्रशंसनीय रहेको बताउनुभयो। उहाँले सहभागी विद्यार्थीहरूलाई घरमै बसेर निरन्तर अभ्यास गरी सरकारी सेवामा प्रवेश गरेर राष्ट्रसेवामा समर्पित हुन आग्रह गर्नुभयो।

त्यस्तैगरी, वडा अध्यक्ष दीपक कुमार चौधरीले वडाबासी युवायुवतीहरूलाई लक्षित गर्दै यो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो। उहाँले एक महिनाको अवधि छोटो भएको उल्लेख गर्दै आगामी दिनमा यस्ता उपयोगी तथा प्रभावकारी कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो।WhatsApp-Image-2025-03-02-at-8.57.42-PM-1740973559.jpeg
सहभागी विद्यार्थी लक्ष्मण चौधरीले घोराही तथा जिल्ला बाहिर गएर पढ्नुपर्ने बाध्यतालाई चिर्न यो कार्यक्रम प्रभावकारी रहेको प्रतिक्रिया दिनुभयो।

वडा सचिव संजिता पौडेलले अनुभवी प्रशिक्षकहरूद्वारा विद्यार्थीहरूलाई लोकसेवा परीक्षासम्बन्धी आवश्यक व्यावहारिक तथा सैद्धान्तिक प्रशिक्षण प्रदान गरिएको जानकारी दिनुभयो।

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  ०९:३१
प्रतिक्रिया दिनुहोस्