स्वर्गद्धारी गुठी पीडितको आन्दोलन सरकारको कमजोरीका कारण घटना घट्यो : शर्मा

सोमबार, फागुन १९, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

दाङ - स्वर्गद्धारी गुठी पीडित किसान  र प्रहरीबिच झडप हुदा   ४० जना घाईते भएका छन । १२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।आईतबार दिउँसो संसद भवन हुदै माईतीघर मण्डलातर्फ आउँदै  गरेको स्वर्गद्धारी गुठी पीडितको आन्दोलनलाई प्रहरीले नियन्त्रण गर्न खोज्दा दुबै पक्ष  बिच चाईना पुल नजिक झडप भएको  हो । झडपमा परी किसानतर्फ ३० र  सुरक्षाकर्मीका  दशजना घाईते भएको स्वर्गद्धारी गुठी पीडित संघर्ष समितिका सदस्य रुपा चौधरीले जानकारी दिनुभयो ।

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

प्रहरीले दाङ ,घोराही उपमहानगरपालिका १४ झिगौराका लालबहादुर चौधरी,बिमला चौधरी,प्रविण चौधरीलाई पक्राउ गरेको छ।यस्तै पिमा चौधरी,सुनिता चौधरी,बिन्दु कुमाल,रमा चौधरी,रमेश चौधरी,भरत चौधरी,धनिराम चौधरी,शेरबहादुर चौधरी र बालकृष्ण चौधरीलाई प्रहरीले पक्राउ गरी काठमाडौ प्रहरी परिसर भद्रकालीमा राखिएको छ । पक्राउ परेका  सबै घाईते अबस्थामा रहेका छन।सुरक्षाकर्मीतर्फ  एकजना डिएसपी सहित केही प्रहरी जवान पनि घाईते भएका  छन ।स्वर्गद्धारी गुठी पीडित किसानलाई हलो,जुवा नारी जोत्ने आफूहरुको शान्ति पूर्ण कार्यक्रम माथी प्रहरीले हस्तक्षेप गरेको किसानहरुले बताएका छन ।

गत माघ २० गते देखि स्वर्गद्धारी गुठी पीडित एकसय जना  किसानले काठमाडौको माईतीघर मण्डलामा बसी  आन्दोलन गर्दै आएका हुन । चिसोका कारण अधिकासं किसान बिरामी अबस्थामा छन । यस्तै प्रतिनिधी सभा दाङ क्षेत्र नं. २ सासंद तथा पूर्वसंचार तथा सूचना प्रविधीमन्त्री रेखा शर्माले सरकारको कमजोरीमा कारण घटना घटेको  बताउँनु भएको छ । ३० दिन सम्म लगातार आन्दोलनमा रहेका किसानको माग सम्बोधन गर्नु भन्दा प्रहरी परिचालन गरी बल प्रयोग गर्ने कार्य गलत भएको प्रतिक्रिया दिनुभयो ।

 सडक र संसदबाट बारम्बार स्वर्गद्धारी गुठी पीडित किसानका समस्या उठाउँदा पनि सरकारले कुनै प्रतिकृया नदिनु भनेको किसानलाई बेवास्था गरेको हो उहाँले भन्नुभयो । संसदमै पनि स्वर्गद्धारी गुठी पीडित किसानको पक्षमा माओबादी,केन्द्र नेकपा एकिकृत समाजबादी सहित सत्ता पक्षकै सासंदहरुले किसानको समस्या सम्बोधनका लागि संसदमा कुरा उठाई रहेका छन ।पूर्वमन्त्री शर्माले आफू आन्दोलनरत किसानलाई छुटाउँने बिषयमा काठमाडौका प्र्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुखसंग छलफल गरिरहेको  बताउँनुभयो ।

 सरकारले किसानलाई बिना सर्त अबिलम्ब रिहा गर्न पूर्वमन्त्री शर्माले सरकारलाई आग्रह गर्नु भएको छ । घरबाट किसानले नुन,चामल,तेल सहितको खर्च बोकेर काठमाडौ गौशाला धर्मशालामा बसेरका किसानले एक महिना देखि आन्दोलनका कार्यक्रम निरन्तर गर्दै आएका छन ।

प्रकाशित मिति: सोमबार, फागुन १९, २०८१  ०८:०२
प्रतिक्रिया दिनुहोस्