दाङकाे तुलसीपुरमा ८ सय ८८ जनाको लाइन काटियो

शुक्रबार, फागुन १६, २०८१
लुम्बिनी प्रदेश - आन्तरिक तथा कानून मन्त्रालय -  डदेरलाे

दाङ - दाङकाे  नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले ८ सय ८८ ग्राहाकको लाइन काटेको छ । ६० दिन भन्दा बढि विद्युतको बक्यौता रकम बाँकी रहेका ग्राहकको लाइन काटिएको वितरण प्रमुख शिव नारायण गोशलीले बताए । “हाम्रो नियमले विद्युत बक्यौता तिर्न बाकी ६० दिन भन्दा बढि भएमा लाइन काट्ने भन्छ”,उनले भने “हामीले ९० दिन कटिसकेपछि मात्रै काट्ने गरेका छौं ।”

आन्तरिक मामिला तथा कानून मन्त्रायलय -माेसमी फ्यूबाट बच्ने उपाय

८ सय ८८ जना ग्रहाकबाट ४२ लाख ४२ हजार एकसय ९९ रुपैँया उठाउन बाँकी छ । हाल एक हजार ७ सय ३३ ग्रहाकबाट ३ करोड १३ लाख ९२ हजार ३ सय ३६ रुपैँया बक्यौता उठ्न बाँकी रहेको छ । यी ६० दिन नाघेका ग्रहाकको बाँकी रहेको बक्यौता हो । जसमा सबै भन्दा बढि तुलसीपुर उपमहानगरपालिकाको बाँकी छ।

चालु आर्थिक बर्ष २०८१/०८२ को माघ मसान्तसम्म उक्त लाइन काटिएको हो । साथै सोही अबधीमा ८ सय ६० जनाको नयाँ लाइन जडान गरिएको छ । जसबाट ७ करोड ५९ लाख ५ सय ३१ रुपैँया राजश्व संकलन भएको छ । अग्रिम विद्युत महशुल पनि उठ्ने गर्छ । यस बर्षको अहिलेसम्म १३ लाख ९ हजार चारसय ९८ रुपैँया अग्रिम भुक्तानी हुने गरेको छ । तुलसीपुर वितरण केन्दै मातहतमा ५२ हजार ९ सय ६० ग्राहक रहेका छन् ।

विद्युत डिजिटल प्रबिधिमा पनि गएको छ । अनलाईनबाट विद्युत महशुल बुझाउन सकिन्छ । तर, त्यसको प्रयोग न्यून भएको पाइन्छ । अहिले २४ प्रतिशतले मात्रै अनलाईन प्रणाली प्रयोग गर्ने गरेका छन् । साभार लाइभदाङ

प्रकाशित मिति: शुक्रबार, फागुन १६, २०८१  १५:४२
प्रतिक्रिया दिनुहोस्